काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जर सम्झौता भएको छ।आज (बिहिबार) दुई बैंकबीच मर्जर सम्झौता भएको हो ।
सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । दुवै बैंक १ ः१ को स्वापमा मर्जमा जाने भएका हुन् ।
अब बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ । सीईओ हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् ।नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।
यस अघि मर्जरपछि बन्ने बैंकमा मुख्य कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत गरि २ सीइओ राख्ने बारे बैंकमा छलफल भएको थियो । तर राष्ट्र बैंकले त्यस्तो नहुने मौखिक जानकारी गराएपछि एक जना सीइओ र एक जना डेपुटी सीइओ हुने गरि सहमति भएको हो । आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने गरी काम गर्ने सहमति भएको छ ।
दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्।
मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ ।
प्रतिक्रिया