काठमाडौं, प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेको छ । य।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस अवधिमा १५ करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद नाफा गत आवको तुलनामा ४.९५ प्रतिशतले बढी हो ।
यस्तै, कम्पनीको खुद बीमाशुल्क पनि ४३ करोड ४० लाख रुपैयाँबाट ६.३३ प्रतिशतले बढेर ४६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
चुक्त पूँजी १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४ गुणा रहेको छ ।
कम्पनीले यस अवधिमा ८ हजार ४८७ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै कम्पनीले ७ हजार ६३० दाबी वापत २९ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार ९५९ वटा दाबी वापत १६ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि छ ।
प्रतिक्रिया