एशियन लाइफ इन्स्योरेन्सले नौ महिनामा कमायो १८ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा पनि ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत अर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सोही अवधीसम्ममा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ४८.१० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ र जीवन बीमाकोषमा २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ८ लाख रुपैयाँ संचित छ ।

हालसम्म कम्पनीको ३ लाख ६६ हजार ४६६ वटा बीमालेख कायम रहेका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ७ हजार ६८३ वटा दाबी बापत २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३७ वटा दाबी बापत ४ करोड ४४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा इन्स्योरेन्स वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा र मुल्य आम्दानी अनुपात १०९.३१ गुणा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया