४२.८५ प्रतिशत बढी खुद नाफा कमाएको लाइफ इन्स्योरेन्स कर्पोरेशनको बीमाशुल्क कति  ?

५ बर्ष अगाडि

काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८० प्रतिशतले बढी हो ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि ४२.८५ प्रतिशतले बढेर १५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्छ ।

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड १४ लाख, जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ३४०.६२ गुणा छ ।

 यस अवधिमा कम्पनीले १३ हजार ६३१ वटा दाबी बापत ६ अर्ब १६ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया