काठमाडौं,नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३५.४९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २२५.०९ गुणा रहेको छ ।
प्रतिक्रिया