काठमाडौं– एनआईसी एशिया बैंकको स्वमित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।
प्रति कित्ता रु.४१६ मूल्य तोकी ४ लाख ५५ हजार ६९५ कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयर विद्यमान संस्थापकहरु वा जोकेहि इन्छुक व्यक्ती, कम्पनी, संघ÷संस्थाहरुले खरिद गर्न सक्नेछन् ।
आवेदन आगामी जेठ १३ गते कार्यालय समयभित्र पेश गर्न सकिने छ ।
शेयर आवेदन पेश एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा बुझाउन कम्पनीले भनेको छ ।
प्रतिक्रिया