काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रदान गर्दै आएको सहुलियत कर्जामा अन्तरगत कृषि तथा पशुपंक्षी व्यवसाय शीर्षकमा बढी कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यो शीर्षकमा ४२ हजार ४ सय ४७ ऋणीले ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका छन् ।
यस्तै महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले ४२ अर्ब १६ करोड रुपैयाँ ऋण लिएको तथ्यांकमा उल्लेख गरिएको छ।
साथै पुनःकर्जा २०७७ चैत मसान्तमा ४८ हजार ८ सय ६० ऋणीले १२३ अर्ब १४ करोड लिएका छन् । २०७७ चैत मसान्तसम्ममा ८९ हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १४२ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्त सम्ममा ४२ करोड प्रवाह भएको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीको र ३ अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ ।
प्रतिक्रिया