काठमाडौं– सिद्धार्थ बैंकले सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको हो। बैंकले रु १ करोड ४ लाख बराबरको आर्थिक सहयोग गरेको हो ।
बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख सहयोग गरेको छ । यस्तै आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया