जनउत्थान सामुदायिक लघुवित्तको नाफा ९३ प्रतिशतले बढेर साढे ३ करोड माथि

५ बर्ष अगाडि

काठमाडौं, जनउत्थान सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको  वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन ९३.०५ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानीको साथै सञ्चालन आम्दानी बढ्दा उसको नाफा बढेको देखिन्छ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५ प्रतिशतले बढेर ११ करोड ८० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी पनि ४३ प्रतिशतले बढेको छ।

७ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँबाट बढेर ५९ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.३१ गुणा छ।

समिक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २७ प्रतिशतले बढेको छ भने कर्जा लगानी २९ प्रतिशतले बढेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया