काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा पनि २४.५१ प्रतिशतले बढेर १० करोड ४२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधीसम्म ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६२ करोड ६४ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा लगानी गरी ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब ११ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात १०९.३९ गुणा छ ।
इन्स्योरेन्सले १ हजार ६५९ वटा दाबी वापत ४६ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ वटा दाबी बापत २७ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रतिक्रिया