बैंक तथा वित्तीय संस्थाहरूमा बढ्यो निक्षेप

५ बर्ष अगाडि

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा चालु आवको नौं महिनामा निक्षेप बढेको उल्लेख गरिएको छ ।

यो नौं महिनामा १३.७ प्रतिशतले निक्षेप बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा ९.७ प्रतिशतले निक्षेप बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ । 

२०७७ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्तीमा ८.५ प्रतिशत,  बचतमा ३५.१ प्रतिशत र मुद्दतीको  ४८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो । 

२०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया