नौ महिनामा ३२ करोड नाफा कमाएको नेशनल लाइफको बीमा शुल्क ५३.६८ प्रतिशतले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष तेस्रोे त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ३२ करोड २५ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क  गत वर्षको तुलनामा ५३.६८ प्रतिशतले बढी हो ।

चुक्तापूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.६८ रुपैयाँ छ । जीवनबीमा कोष ४० अर्ब २१ करोड ७९ लाख, जगेडा कोषमा ८१ करोड १७ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३२.०१ रुपैयाँ रहेको छ । यस्तै महाविपत्ती कोषमा २९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कुल ९ लाख १७ हजार ९५० वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ८ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १८ हजार १०८ वटा दाबी बापत २ अर्ब ९४ करोड ६६लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ३८ करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ६.४७ प्रतिशत, जीवन बीमा कोष २७.५६ प्रतिशत, महाविपत्ती कोष १६.७१ प्रतिशत, लगानी कर्जा तथा अन्यबाट हुने आय १९ प्रतिशत, दाबी भुक्तानी रकम ५२ प्रतिशत, र जारी बीमालेखको संख्यामा १९ प्रतिशतले बढोत्तरी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया