ऋणपत्र निष्कासनको लागी तिन बैंकहरूले दिए निवेदन

५ बर्ष अगाडि

काठमाडौं– तिन वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासनको लागी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे र कृषि विकास बैंकले ऋणपत्रको लागी निवेदन दिएका हुन् ।

लक्ष्मी बैंकले बैशाख ६ गते नै ऋणपत्र निष्कासनका लागी निवेदन दिएको थियो । कम्पनीले रु.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ । 

माछापुच्छ्रे बैंकले भने रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता विभिन्न सङ्घसंस्थाहरूलाई बिक्री गर्नेछ ।  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ । 

यस्तै कृषि विकास बैंकले रु.४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनको लागी निवेदन दिएको छ । जस मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागी र २८ लाख कित्ता सङ्घसंस्थाहरूको तर्फ बाट बिक्री गर्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया