ऋणपत्र निष्कासन गर्न तीन  कम्पनीले धितोपत्रसँग मागे अनुमति

५ बर्ष अगाडि

काठमाडौं, मंगलवार तीन ओटा अलग अलग कम्पनीले  ऋणपत्र निष्कासन गर्नका लागि  नेपाल धितोपत्रसँग अनुमति मागेका छन् । 

कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्रसँग अनुमति मागेका हुन् । कृषि विकास बैंकले रू। ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो । बैंकले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नामक  ऋणपत्र निष्कासन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो ।

 बैंकले निष्कासन गर्न लागेको कुल ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी लक्ष्मी बैंकले रू। २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डलाई निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि निवेदन दिएको छ । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

माछापुच्छ्रे बैंकले भने रू। ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।  विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया