रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा झन्डै २२ अंकले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि २१.८१ प्रतिशतले बढेर २० करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत सम्ममा कम्पनीले १६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८९.७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २० करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्यबाट २६ करोड ९० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी ४ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ, जगेडा कोषमा ८२ करोड ३२ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

यस्तै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा, प्रतिशेर नेटवर्थ १६४ रुपैयाँ ३५ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया