सानिमा माइ हाइड्रोपावरको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं, सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ  । जुन ९.१० प्रतिशतले धेरै हो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यसै अवधिमा ५४ करोड ५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको वित्तीय आम्दानी पनि बढेको छ।

हाल २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पूँजी बढाए अनुसार नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा सामान्य गिरावट देखिएको छ। 

प्रतिशेयर आम्दानी १६ रुपैयाँ २९ पैसाबाट घटेर १६ रुपैयाँ १५ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात २३.१५ गुणा छ।

५ बर्ष अगाडि

प्रतिक्रिया