काठमाडौं, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत वर्ष रू. ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष रू. ३ करोड ५० लाख २८ हजार खुद नोक्सानीमा रहेको छ ।
विद्युत् विक्री शुरु गरिनसकेको कम्पनीले यस वर्ष अन्य स्रोतबाट रू. १ लाख ३० हजार आम्दानी गरेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणमार्फत रू. १३ अर्ब बराबरको दिर्घकालिन ऋण यस वर्ष प्राप्त गरेको छ ।
कुल सम्पत्ति रू. ८४ अर्ब ८८ करोड ८३ लाख ९७ हजार रहेको कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थरू. ९२.२० रहेको कम्पनीको प्रतिशेयर आम्दानी रू.०. ३३ रहेको छ ।
प्रतिक्रिया