बुटवल पावर कम्पनीको नाफा ४८.८० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं,  बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८९ करोड ५९ लाख १ हजार खुद नाफा कमाएको कम्पनीले यस बर्ष रू. ४५ करोड ८६ लाख ५३ हजार खुद नाफा कमाएको छ । गत वर्षभन्दा यस वर्ष ४८.८० प्रतिशत कम हो ।
 
गत वर्ष रू. ९५ करोड ५७ लाख ४३ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४८ करोड ३४ लाख ४ हजार मात्र गरेको छ । गत वर्षभन्दा ४९.४२ प्रतिशत कम सञ्चालन आम्दानी कम्पनीले गरेको हो ।

 चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १३ लाख ६१ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ३ अर्ब ९९ करोड ९१ लाख ८१ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ११.४८ प्रतिशत कम कायम भएको हो । 

कम्पनीको कुल सम्पत्ति रू. ७ अर्ब ६६ करोड ४६ लाख ३० हजार रहेको छ । प्रतिशेयर आम्दानी रू. १५.५४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २३५.५० रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया