जलविद्युत लगानी तथा विकास कम्पनीको नाफा झन्डै २१ प्रतिशतले घट्यो,  प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।  गत वर्ष यस कम्पनीले ८० करोड लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २०.९४ प्रतिशत कम हो ।

सोही अवधीसम्म जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न बैंकमा ११ अर्ब ६५ करोड रुपैयाँ आवधिक बचत (टर्म डिपोजिट) गरेको छ । बाँकी ८० करोड १६ लाख रुपैयाँ पनि बैंक निक्षेपमा बचत रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ छ ।
 
चैतसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ५५ पैसा छ । कम्पनीले ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । हकप्रद अनुमतिका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया