रु.साढे २ अर्ब बराबरको ऋणपत्र जारी गर्न राष्ट्रिय वाणिज्य बैंक पायो अनुमति

५ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले कुल इकाई १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
 
राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गर्न लागेको हो । यसमा  दिइने बैंकले जानकारी दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया