काठमाडौं– नेपाल बैंक फेरी पनि “ए” रेटिङ्गमा परेको छ । इक्रा रेटिङ्ग एजेन्सीले नेपाल बैकलाई यो रेटिङ्ग प्रदान गरेको हो ।
महामारीको को प्रभाव द्वारा श्रृजित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, बित्तिय दबावलाई ब्यबस्थापन गर्न कर्जा जोखिम, ब्यबसायिक तथा बित्तीय जोखिमहरुको बिष्लेषण, ब्यबस्थापकीय क्षमता, संचालन प्रभावकारिता, बैंकको प्रभावकारी संचालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय बाताबरणीय तत्वहरुको बिष्लेषण पनि राम्रो भएको कारण ए रेटिङ्गमा समावेश भएको हो ।
यसैगरी बजार हिस्सा, ब्राण्ड तथा ईमेज, स्वस्थ मुनाफाको आधार, नितिगत तथा कानूनी प्रभावहरुको मुल्याङ्कन, पूजी संरक्षण तथा सरकार बाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागी गरिएका प्रयासहरु, निति तथा स्थापना गरेका पूर्बाधारहरु, जोखिम बहन गर्नसक्ने क्षमता, पर्याप्त तरलता तथा पूजीकोष, आम्दानीका श्रोतहरु त्था तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एबं समग्र ईण्डष्ट्रीको जोखिम आदी जस्ता तथ्यहरुको आधारमा बैंक ”ए” रेटिङ्गमा पर्न सफल भएको बैंकले उल्लेख गरेको छ ।
त्यस्तैहाल बैंकद्वारा जारी गरिएको साढे तिन अर्ब बराबरको १० बर्ष समयाबधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत ईक्रा द्वारा ”ए” रेटिङ्ग अर्थात एनपी–आइआर “ए” रेटिङ्ग गरेको छ ।
बैंकको सिएएसए को हिस्सा ६३ प्रतिशत रहेको छ जुन नेपालको बैकिङ्ग क्षेत्रको औषत भन्दा उच्च रहेको ।
प्रतिक्रिया