राधी विद्युत कम्पनीले नौ महिनामा कमायो झन्डै ६ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं,राधी विद्युत कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ५ करोड ७४ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ६ करोड २६ लाख खुद नाफा कमाएको छ । जुन ९.०१ प्रतिशतले धेरै हो।

गत आर्थिक वर्षको चैत मशान्तसम्म्मा विद्युत् विक्रीबाट १२ करोड १६ लाख आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ११ करोड ४७ लाख आम्दानी गरेको छ।

गत वर्ष ८ करोड ३२ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्षको ८ करोड ४ लाख सञ्चालन नाफा गरेको छ ।

हाल ४७ करोड ३५ लाख चुक्तापूँजी रहेको् कम्पनीको जगेडा कोषमा २४ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.६३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५१.८५ रुपैयाँ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया