काठमाडौं, सानिमा लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधि सम्ममा कम्पनीको खुद नाफा पनि ११.५७ प्रतिशतले बढेर ९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ४४ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १५१.५८ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले ६० करोड बराबरको आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ, जगेडा कोषमा २० करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा इन्स्योरेन्सले ३४ हजार ६७६ वटा बीमालेख जारी गरी कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ९६९ वटा दाबीबापत ५ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रिया