जनरल इन्स्योरेन्सको खुद नाफा १०७.४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको  वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०७.४८ प्रतिशत बढी हो ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १६.१० प्रतिशत घटेर १६ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६० लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी कम्पनीले २ हजार ८४ दाबी बापत १९ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ३६१ दाबी बापतको २५ करोड ९६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया