सूर्या लाइफ इन्स्योरेन्सले ९ महिनामा कमायो २९ करोड १० लाख नाफा, बीमा शुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५५.८८ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले१८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा कमाएको  थियो ।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ८२।५४ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले एक अर्ब ७७ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै सो अवधिमा कम्पनीले ५० करोड ७८ लाख ७४ हजार दावी भुक्तानी गरेको छ । हाल चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रहेको कम्पनीको जगेडा कोषमा ८० करोड ८५ लाख रहेको छ ।  कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया