झन्डै ५२ करोड बीमाशुल्क आर्जन गरेको आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौं, आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.६३ प्रतिशतले बढी हो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४२.८९ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।


चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २३ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ५४.०९ गुणा बढी छ ।

यस अवधिमा कम्पनीले ३ हजार ८६७ वटा कुल दाबी बापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार १७८ वटा दाबी बापत ६३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया