नेको इन्स्योरेन्सको नाफा ४५.५७ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं, नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, सोही अवधीसम्म कम्पनीले खुद बीमाशुल्क १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ७१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा, प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले २ लाख २४ हजार ३९४ वटा बीमालेख जारी गरी १ अर्ब ९७ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, कम्पनीले ५ हजार ७८८ वटा दाबी बापत ८१ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ६१० वटा दाबी बापत १ अर्ब ९ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया