'प्रभु सेलेक्ट फण्ड' बजारमा आउँदै, इकाईको अंकित मूल्य १० रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं  प्रभु म्युचुअल फण्डले 'प्रभु सेलेक्ट फण्ड' ल्याउने भएको छ । प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले एक अर्ब रुपैयाँको १० करोड इकाईहरु निष्काशन गर्न लागेको हो । 

जसमध्ये बीज पूँजी वापत न्युनतम १ केद ५० लाख वा बिक्री भएको इकाईको १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंकका लागि १४ प्रतिशत छुट्याइएको छ । प्रभु क्यापिटलले एक प्रतिशत इकाई राख्नेछ भने बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ । 

लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ। इकाईको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ । 

उक्त इकाई जेठ ५ गतेबाट निष्काशन हुनेछ । लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमाजेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया