सिवाईसी नेपाल लघुवित्तको नाफा  १४६ प्रतिशतले वृद्धि

५ बर्ष अगाडि

काठमाडौं, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आवको तेस्रो त्रैमाससम्ममा रू.१ करोड ९३ लाख ३२ हजार नाफा कमाएको थियो भने कम्पनीको नाफा  गत आवको तुलनामा १४६ प्रतिशतले वृद्धि भएर रू. ४ करोड ७७ लाख १३ हजार नाफा कमाएको छ ।

यस्तै, चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशतले वृद्धि भएको छ । 

साथै कम्पनीले सोही अवधीसम्म रू. ३ करोड २३ लाख ८२ हजार खराब कर्जा संकलन गरेको हो ।

चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ८ करोड ९१ लाख ४ हजार सञ्चित गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया