समाज लघुवित्तले जेठ ११ गते बोल्यो साधारण सभा, स्वस्तिक लघुवित्तसंग गाभिने प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं, समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ । 

सभा जेठ ११ गते सोमबार २ बजेबाट सुरु हुने भएको छ । सभा मलंगवाको जानकी फेमली होटेलमा कम्पनीले जनाएको छ ।

सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एकआपसमा गाभ्ने गाभिने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

दुवै लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राख्ने एजेन्ड छ । यस्तै, मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।  दुवै कम्पनी मर्ज भएपछि कम्पनीको केन्द्रिय कार्यालय सिरहाको लहानमा राख्ने एजेन्डा पनि पेश हुनेछ । 
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया