धौलागिरी लघुवित्तले नौ महिनामा कमायो साढे १ करोड बढी नाफा

५ बर्ष अगाडि

काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमासमा रू. १ करोड ६४ लाख ६५ हजार नाफा कमाएको छ । गत आवको सोही अवधीसम्म रू. ८२ लाख ६४ हजार खुद नाफा कमाएको थियो । लघुवित्नाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ प्रतिशतले बढी हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १७ प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशतले वृद्धि भएको थियो ।

चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू। ५ करोड १३ लाख ८२ हजार सञ्चित गरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २९ करोड १६ लाख ७६ हजार सापटि लिएर, रू.५२ करोड २९ लाख ४३ हजार निक्षेप संकलन गरेर रू. ९९ करोड ५० लाख ८३ हजार कर्जा लगानी गरेको छ । कम्पनीले हालसम्म आईपीओ जारी गरेको छैन ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया