नौ महिनामा हिमालयन डिष्टीलरीले कमायो ६७ करोड नाफा, अन्य सूचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं,  हिमालयन डिष्टीलरी लिमिटेडले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवको तेस्रो त्रैमासमा रू. ४३ करोड ७१ लाख ६३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू.  ६७ करोड २७ लाख ४४ हजार नाफा कमाएको छ।

हिमालयन डिष्टीलरी लिमिटेडको खुद नाफा गत आवको तुलनामा ५३.८६ प्रतिशतले वृद्धि भएको हो । 

यस्तै,समीक्षा अवधीसम्म कम्पनीले उत्पादन विक्री आम्दानी रू. ३ अर्ब ८९ करोड ५१ लाख गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको आम्दानी ८.९९ प्रतिशतले वृद्धि भएको हो । 

चुक्तापूँजी रू. ८६ करोड ७७ लाख रहेको उक्त कम्पनीको जगेडा कोषमा रू. ७६ करोड ८२ लाख ४१ हजार सञ्चित गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १००.७६ रहेकोमा चालू आवको सोही अवधिमा रू. १०० दशमलव ३८ पुगेको हो । 

कम्पनीको मूल्य आम्दानी अनुपात ४२.८२, तरलता अनुपात २.७४ र प्रतिशेयर नेटवर्थ रू. १८८.५४ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया