नौ महिनामा युनियन हाइड्रोपावरको आम्दानीमा १.२२ प्रतिशतले वृद्धि, कति कमायो नाफा ?

५ बर्ष अगाडि

काठमाडौं, युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनी चालु आवको चैत मसान्तसम्ममा ८९ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको  छ । यो गत वर्षको भन्दा १५.१४ प्रतिशत बढी हो । गत वर्ष यसले ७७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि १.२२ प्रतिशतले बढाएर ५ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 
 
कम्पनीले अन्य श्रोतबाट गर्ने आम्दानी पनि ८४ हजार ६०७ रुपैयाँबाट बढाएर ७ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ७ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १० पैसा छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया