काठमाडौं - महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम ६ सय ९८ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त मूल्य भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया