अजोड इन्स्योरेन्सको नाफा  ७४ प्रतिशतले बढ्यो,  प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं, अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार  गत वर्ष रू ३ करोड ५१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू ६ करोड ११ लाख यो नाफा गरेको हो ।इन्स्योरेन्सको नाफा गत वर्ष तुलनामा ७४ प्रतिशत बढी हो ।

कम्पनीको कुल आम्दानी यस वर्ष गत वर्षभन्दा ६३ प्रतिशत बढी र कुल खर्च ५१ दशमलव ६६ प्रतिशत बढी भएको छ । यो तेस्रो त्रैमाससम्म कम्पनीले रू. ११ करोड १३ लाख कुल आम्दानी गर्दा रू। ५ करोड २ लाख कुल खर्च गरेको हो ।

चुक्तापूँजी रू. १ अर्ब पुर्‍याएको कम्पनीको जगेडा कोष रकम १२६.७३ प्रतिशत बढी रू. ७ करोड ५५ लाख कायम भएको छ । कम्पनीको बीमाकोष रकम पनि ९३ प्रतिशत बढेर रू. ९ करोड २९ लाख कायम भएको छ । 

कम्पनीले  रू. १ अर्ब २ करोड ४१ लाख कुल बीमाशुल्क संकलन गरेकोमा  रू. ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष १ हजार ५६८ जनामा कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ३ हजार ३५० जनामा दाबी भुक्तानी गरेको हो । 

गत वर्ष ७० हजार ४०० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष १ लाख ५ हजार ९० बीमालेख जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८.१५ र प्रतिशेयर नेटवर्थ रू.११७.६८ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया