काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ५२.७९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सो अवधिसम्म कम्पनी १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद व्याज आम्दानी भने २६.१९ प्रतिशतले बढेको छ ।
गत वर्ष ८१ करोड २८ लाख खुद व्याज आम्दानी गरेको कम्पनीले यस वर्ष एक अर्ब २ करोड ५८ लाख खुद व्याज आम्दानी कमाएको छ । हाल चुक्ता पूँजी ९४ करोड ३३ लाख रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २९ करोड ३१ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रतिक्रिया