काठमाडौं– कोरोना महामारीको बिचमा ५ हजार बढि ऋणीको नाम कालोसूचीमा थपिएको छ । कर्जा सूचना केन्द्रको तथ्याङ्क अनुसार २०७६ चैत ११ गते देखि २०७८ बैशाख १५ गते सम्म ५ हजार ३२ जना ऋणीको नाम कालोसूचीमा समावेश भएको हो । घरजग्गा धितो राखी समयमै कित्ता नतिर्नेहरूको नाम कालोसूचीमा समावेश कर्जा सूचना केन्द्रले राखेको छ ।
यसरी आफूले लिएको ऋणको किस्ता तिर्नेमा चालु आवको साउन महिनामा २६ हजार २०९ जनाले घरजग्गा धितो राखी ऋण लगानी भएकोमा १९ हजार २०१ जना ऋणीले मात्र किस्ता र ब्याज तिरेका छन् यस्तै भदौमा १८ हजार ७७९ जना ऋणी मध्ये ११ हजार ५९९ जना ऋणीले किस्ता तिरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । असोजमा ३६ हजार ४३६ घरजग्गा धितोमा राखी कर्जा प्रवाह भएकोमा १८ हजार ११८ जनाले मात्र कर्जा तिरेका छन् ।
मंसिरमा ५३ हजार २८१ ऋणी मध्ये ३२ हजार २६० ले कर्जा तिरेका छन् । यस्तै पौषमा ६९ हजार १८२ मध्ये ४० हजार २६५ जनाले धितो फुकुवा गरेका छन् भने माघमा ६२ हजार ११६ मध्ये ३६ हजार ३२० जनाले धितो बन्धक फुकुवा गरेका छन,फागुनमा ६४ हजार,चैतमा ७४ हजार ८७५ धितो बन्धक राखेको मध्ये क्रमशः ३६ हजार ९४२ र ४१ हजार ९५८ ऋणीले कर्जा तिरेका छन् ।
घरजग्गा कारोबार गर्दा बैंकहरूले प्रत्येक ३÷३ महिनामा कित्ता तिर्ने गरि सम्झौता गरेका हुन्छन । बैंकमा तिर्नु पर्ने किस्ता एउटा किस्ता मात्र तिर्न नसकेमा उक्त ऋण स्वतःडिफल्टर मा जाने गर्दछ । डिफल्टरमा गएको ऋणीहरूको सूची बैंकहरूले कर्जा सूचना केन्द्रमा पठाउने गर्दछन्
प्रतिक्रिया