सिटिजन्स लाइफको बीमा शुल्क ११० प्रतिशतले बढ्यो, खुद नाफा कति ?

५ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १।२७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरणका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १४ करोड ३९ लाख २३ हजार खुद नाफा आर्जन गरेको थियो । 

यस्तै, कम्पनीले यस वर्ष २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ११० प्रतिशतले धेरै हो । 

गत वर्षको सोहि अवधिसम्म कम्पनीले १ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष यस अवधिमा ७ करोड २२ लाख ५९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष४१ करोड ७१ लाख २७ हजार दाबी भुक्तानी गरेको छ ।

हाल चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७६ करोड रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया