समाज लघुवित्तले बोलायो विषेश साधारणसभा, मर्जर सम्बन्धी छलफल हुने

५ बर्ष अगाडि

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको विषेश साधारणसभा बस्ने भएको छ । गत बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ११ गते सभा बोलाउने निर्णय गरेको हो ।

सभामा समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिने ( मर्जर) सम्बन्धमा अध्यक्ष बाट प्रस्तुत हुने प्रतिवेदन उपर छलफल हुने छ । दुई संस्था गाभिए पछिको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरि सो नाम बाट हुने कारोबार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

मर्जर पछिको संस्थाको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र चुक्ता पूँजी रु.४ करोड कायम गरी एकीकृत कारोबार सञ्चालन गर्ने छन् ।

सभा सो दिन दिउसो २ बजे जानकी फेमली होटल एण्ड लज मलगंवा सर्लाहीमा हुने कम्पनीले जनाएको छ । सभामा भर्चुअल माध्यम बाट पनि सहभागी हुन सकिने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया