युनिक नेपाल लघुवित्तको साधारण सभा स्थगित, अब कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - युनिक नेपाल लघुवित्तको साधारण सभा स्थगित भएको छ । वैशाख २५ गते हुने भनिएको कम्पनीको सभा जेठ ४ गते सारिएको हो । 

अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको कारण अस्वस्थ भएकाले सारिएको कम्पनीले जनाएको छ । सभामा कम्पनीले एफपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । 

सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।  

घोडीघोडा र युनिक नेपाल  एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । यता, युनिक नेपालको आइपीओ जारी नभएकाले नेप्सेमा कारोबार हुँदैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । 

यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया