काठमाडौं - एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेसनल लाइफ इन्सुरेन्स र नागरिक लगानी कोषको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । एनआइसी एसियाले वैशाख १९ गतेबाट नेसनल लाइफ इन्सुरेन्सको ४७ हजार ७०६ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १३ सय ४७ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ४४३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया