काठमाडौं, युनाइटेड इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
इन्सुरेन्सको नाफा चालु आवको चैत मसान्तसम्म आउँदा ३३५.५३ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, खुद बिमा शुल्क ५३.१७ प्रतिशतले बढेर ३७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चैत मसान्तसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ६९ करोड १३ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा संस्थाको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया