काठमाडौं, माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यो नाफा गत वर्षको भन्दा ९.५७ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ५२ लाख नाफा कमाएको थियो । यता, कम्पनीको बिद्युत बिक्रीबाट गर्ने आम्दानी पनि गत वर्षको भन्दा केही घटेको छ । यसले गर्दा नाफा प्रभावित भएको छ ।
गत वर्ष १० करोड ६९ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङको लागि ३४ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८८ पैसा छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३२ पैसा रहेको थियो ।
प्रतिक्रिया