प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४०.४९ प्रतिशतले बढ्यो, बीमा शुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।

यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा ४०.४९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीले ४८ करोड ४५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ६०.२० प्रतिशतले धेरै हो । 

कम्पनीले गर वर्ष ३० करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो  । यस अवधिसम्ममा कम्पनीले १६ करोड ४५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा रहेको छ । 

प्रतिशेयर नेटवर्थ १ सय ८९ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४९।८९ गुणा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया