काठमाडौं, घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
आज कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसैगरी सभाले आ।व २०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरि पारित गरेको छ । सभाले लेखापरीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक समेत तोकेको छ ।
प्रतिक्रिया