काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले बैंकको कर्मचारी सूरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।
बैंकले क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड रुपैयाँ गरी कूल २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
प्रतिक्रिया