निर्धन उत्थान लघुवित्तको खुद नाफा ५१.०४ प्रतिशतले बढ्यो

५ बर्ष अगाडि

काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड ४८ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाको खुद नाफा ५१.०४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा संस्थाको नाफा ४७ करोड ३२ लाख ७३ हजार रुपैयाँ सीमित थियो । 

यस्तै, चैत मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ३५.९७ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५३ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले १ अर्ब १७ करोड ३२ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

संस्थाको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत वर्ष ७४ करोड ९५ लाख २१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको संस्थाको समीक्षा अवधिसम्म १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । 

हाल चुक्ता पूँजी एक  अर्ब ६९ करोड रहेको संस्थाको जगेडा कोषमा भने २ अर्ब ६२ करोड रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ १६ पैसाले बढेर ५६ रुपैयाँ २३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया