प्रभु लाइफको खुद नाफा १३ करोड ७८ लाख, बिमा शुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १४८.३३ प्रतिशतले धेरै हो । 

गत वर्षको यही अवधीमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको तुलनामा ११५.६० प्रतिशतले धेरै हो । गत वर्षको यही अवधीमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र जगेडा कोषमा ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया