मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर आजबाट बिक्री खुल्ला

५ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

बैंकले संस्थाको ६२ हजार ३ सय ८८ कित्ता कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ५ सय ७६ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले आजबाट वैशाख २९ गतेसम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया