काठमाडौं– ऋणी बाट चर्को ब्याज लिएको विषयलाई लिएर एनआईसी एसियाले स्पष्टीकरण दिएको छ । बैंकले प्राविधिक गडबडीले गर्दा बढी ब्याजदर उल्लेख भएको भन्दै विराटनगर शाखा कार्यालय बाट ऋणीलाई पत्राचार गरेको छ ।
एनआईसी एसिया बैंकले ऋणी दिनेश सुबेदीलाई आधार दरमा ८.९३ प्रतिशत प्रिमियम थप गरि १५.७० प्रतिशत ब्याजदर कायम गरि पत्राचार गरेको थियो । बैंक बाट ४ वर्ष अगाडि २०७३ सालमा मासिक १३.४९ प्रतिशत ब्याजदरमा १५ वर्ष घर कर्जा लिएका थिए । गत फागुन मसान्तमै कर्जा चुक्ता भए पनि बैंकले सुवेदीलाई २०७८ बैशाख १४ गते कर्जाको ब्याजदर १५.७० प्रतिशत पुगेको भन्दै पत्राचार गरेको थियो ।
बैंकका क्वालिटी एसुरेंन्स इकोसिस्टम प्रमुख अर्जुन राज खनियाले बिराटनगर शाखा कार्यालयमा ऋणीलाई महँगो ब्याजदर तोकिएको बिषय प्राबिधिक समस्या मात्रै भएको बताए। उनकाअनुसार यो बिषय एक हप्ता अगाडी नै समाधान भईसकेको छ। 'खनिया भन्छन्, ूबैंकले एउटा दरको ब्याज पठाउन खोज्दा प्राविधिक कारण अर्को पत्रचार हुन् गएको मात्र हो, ऋणीबाट पत्रचार गरीएअनुसार बैंकले ब्याज लिएको पनि छैन, अहिले यो बिषय बन्द भईसक्यो, बैंकले सहकारीले भन्दा महँगो ब्याज लिएको छैन।
राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले आफुहरुले यस बिषयमा जानकारी पाउने बित्तिकै एनआईसी एसिया बैंकसँग जवाफ मागेको र बैंकले प्राविधिक कारणले यस्तो घटना घटेको जवाफ दिएको बताए। बैंकले आफ्नो गल्ति स्वीकार गरि राष्ट्र बैंकको निर्देशन पालना गर्ने प्रतिबद्धता जनाएको ढकालले बताए।
प्रतिक्रिया